शुक्रबार, वैशाख १४, २०८१

कोरोना भाइरसबाट आफूसँगै अरूलाई कसरी ज‍ोगाउने ?

नेपालखोज २०७८ मंसिर १७ गते १२:४७

काठमाडाैं । विश्वभरी फैलिएकाे कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘कोभिड-१९’ को नाम दिएको छ । यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणासमेत गरिएकाे छ । यसका मुख्य लक्षण भनेकाे ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, गन्ध तथा स्वाद थाहा नहुने, पखाला लाग्ने हुन् ।

कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने ?

-ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने ।

-घरबाहिर जाँदा अनिवार्य रूपमा नाक, मुख र च्युँडो राम्ररी ढाकिने गरी मास्क लगाउने ।

-खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

-कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट सर्ने हुदा भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने ।

-बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने ।

तर यदि माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्छ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिनसम्म छुट्टै आइसोलेसनमा बस्नुपर्छ ।

-केही द्वविधा भए, केही लक्षण देखिएमा कोरोना परीक्षण गराउनुहोस् ।

-परीक्षणमा पोजिटिभ देखिए होम आइसोलेसनमा बस्नुहोस् ।

-होम आइसोलेसनमा बस्दा दिनमा ३-४ पटक अक्सिनजको स्तर नाप्नुहोस्, झ्याल खुला राख्नुहोस्, आराम गर्नुहोस् र पोषिलो तथा झोलिलो खानेकुरा खानुहोस् ।

-अक्सिजनको स्तर ९२% भन्दा बढी भएमा ज्वरोको औषधी खानुहोस्, प्रशस्त तरल पदार्थ (जीवन जल) खानुहोस्, घोप्टो परेरा पल्टिने ।

-अक्सिजनको स्तर ९२% भन्दा कम भएमा चिकित्सकसँग परामर्श लिने ।

कपडाको मास्क गाउने विधि

१. मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।

२. मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्ने ।

३. मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने ।

४. नाक, मुख र चिउडो ढाकिने गरी लगाउने ।

५. सकभर मास्कलाई हातले नछुने ।

६. डोरी मात्र समाई मास्क फुकाल्ने ।

७. कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने ।

८. मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने ।

९. प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने ।

एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं । अहिलेको चुनौतीपूर्ण समयमा रोगको निदान स्वास्थ्यकर्मीलाई नै गर्न दिऔंः कोरोना संक्रमण भए नभएको पुष्टि स्वास्थ्यकर्मीले मात्र गर्न सक्छन् ।

संक्रमण पुष्टि नभइ अनावश्यक रूपमा आतंकित नहोऔं । मद्दत पाउनका लागि नपर्खौं : कुनै लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गरौं अनावश्यक रूपमा औषधी नकिनौं, जगेडा नराखौं ।

सही जानकारी मात्र बाँडौं, विश्वसनीय स्रोतहरूको प्रयोग गरौं । घरै बसौं : अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कौं । युनिसेफ

प्रतिक्रिया