सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

नेपालखोज २०७८ असार १९ गते ९:५७

बाजुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का बझाङ, बाजुरालगायतका जिल्लामा महसुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु बझाङ र बाजुराको सीमा सैपाल नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्प ४ दशमलब १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै विवरण आउन सकेको छैन् ।

प्रतिक्रिया