सुनचाँदीकै भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ असार २१ गते ११:४३

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ ।
तेजाबी सुनको मूल्य आज ९१ हजार रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९१ हजार रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको पनि मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १३ सय २५ रुपैयाँमा नै कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया