मंगलबार, वैशाख ३०, २०८२

मध्यावधि चुनावको कार्यतालिका सार्वजनिक

नेपालखोज २०७८ असार २१ गते २०:२४

काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै असार ३१ गतेदेखि साउन १५ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखिएको जनाएको छ ।

कार्यतालिका अनुसार पहिलो चरणमा सम्पन्न हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम असोज २१ गतेदेखि असोज २६ गते सम्म सञ्चालन हुने छ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ देखि कार्तिक ५ गतेसम्म सञ्चालन गरिने आयोगले जनाएको छ।

त्यस्तै, मतदाताहरुको अन्तिम मतदाना नामावली भदौ २३ गतेसम्म संचालन हुनेछ । भने समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया