शुक्रबार, चैत १६, २०८०

‘टिमुर, अलैंचीलाई नेपाली चिनारी बनाउँछौं’

नेपालखोज २०७८ असार २२ गते ९:३१

नेपालको भविष्य अर्ग्यानिक कृषिमै छ

‘रसुवाको स्प्रिङ वाटरलाई मार्केटिङ गर्दै छौं’

पवन गोल्यान नेपालका अग्रपंक्तिमा गनिने व्यवसायी तथा उद्यमी हुन् । उनको योगदान बैंकिङ क्षेत्रसँगै कृषि क्षेत्रमा पनि उत्तिकै छ । उनी एनएमबि बैंकका अध्यक्ष, बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको संगठन ‘बैंक र वित्त कम्पनी परिसंघ’ (सिबिफिन) को समेत नेतृत्व सम्हालिरहेका छन् ।
उनको विभिन्न क्षेत्रमा लगानी छ । पछिल्लो समय कृषिमा लगानी गरेसँगै उनको परिचयमा कृषि उद्यमीसमेत थपिएको छ । उनले अर्ग्यानिक खेतीमा जोड दिँदै ठूलो परिमाणमा तरकारी तथा फलफूलको उत्पादन थालेका छन् । कृषि क्षेत्रका विविध विषयमा उद्यमी पवन गोल्यानसँग नेपालखोजका लागि जगत भण्डारीले गरेको कुराकानी :

हाइलाइट्स :

– हामीले झापामा जग्गा लिएर खेती गर्दै छौं ।
– तरकारी खेती गर्दा साना किसानलाई मर्का पर्ने गरी काम गर्दैनौं ।
– साना किसानहरूले गर्न नसक्ने काम मात्रै हामी गर्छौं ।
– हामी किसानहरूलाई अर्ग्यानिक खेती गर्न र जैविक विषादीहरू बनाउन पनि सिकाउँछौं ।
– यो माटो ब्रान्डका लागि हामीले पूरा नेपालबाट अर्ग्यानिक तरकारीहरू र फलफूल किनेर त्यसलाई मार्केटिङ गर्छौं ।
– हामीले ड्रागन फ्रुट लगाएका थियौं यो ट्रायल थियो । यस्तै स्ट्रबेरी पनि लगाएका थियौं ठूलो बाढी र असिनाले धेरै क्षति पुर्‍यायो ।
– हामीले लगाएको कागतीले उत्पादन सुरु गर्न थालेको छ । अब क्रमश: बढ्दै जान्छ ।
– अरु थुप्रै प्रकारका फलफूलहरू ट्रायलकै फेजमा छन् ।
– हामीले आँप, लिची, सुपारी पनि लगाएका छौं । नेपालमा नहुँने आँपका प्रकारहरु पनि छन् । यी सबै केही वर्षपछि फल्न थाल्छन्, अलि समय भने लाग्छ । कृषिमा आजको भोलिमा प्रतिफल प्राप्त हुँदैन धैर्य गर्नुपर्छ ।
– कृषिको काम गर्दा अलि लगाव पनि हुनुपर्छ । यसको यात्रा सहज भने छैन ।
– कृषिबाट पैसा कमाउनभन्दा पनि रेस्पेक्टफुल व्यवसायका रुपमा स्थापित गर्नका लागि गरेको हो ।
– अहिले मैले बैंकिङ क्षेत्र कसरी अगाडि बढाउनेभन्दा पनि कृषि पेसालाई कसरी अगाडि बढाउने र युवाहरूलाई कसरी अगाडि बढाउने र किसानहरूलाई के गर्न सकिन्छ भन्ने कुरामै व्यस्त छु ।
– जबसम्म बजारसँग किसानको डाइरेक्ट पहुँच हुँदैन तबसम्म किसानको जीवनस्तर राम्रो हुँदैन ।
– नेपालको भविष्य अर्ग्यानिक कृषिमै छ ।
– हामीले २५ वटा गाउँमा अर्ग्यानिक खेती गरेर देखायौं । मल चाहिँदैन, विषादी पनि चाहिँदैन ।
– हाम्रो योजनामा उचित प्रतिफल एकदेखि डेढ वर्षमा आउँछ ।
– हामीसँग अहिले करिब २०० जनाजति कामदार हुनुहुन्छ ।
– यो योजनामा करिब ७०/८० करोड लगानी भएको छ । लगानी अझ बढाउँदै छौं ।
– हामी विदेशी ब्रान्डलाई होइन नेपाली ब्रान्डलाई स्थापित गर्छौं ।
– रसुवाको स्प्रिङ वाटरलाई मार्केटिङ गर्दै छौं ।
– टिमुर अलैंचीलाई नेपाली चिनारी बनाउँछौं ।
– नेपाली उत्पादनलाई ब्रान्ड बनाइयो भने आमनेपालीलाई स्वरोजगार बनाउन सकिन्छ ।

‘नेपालमा कर्पोरेट कल्चर बैंक तथा वित्तीय संस्थाले ल्यायो’

प्रतिक्रिया