चौबीस घण्टामा २ हजार ६३४ संक्रमित थपिए, १ हजार ५६५ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा एक हजार ५६५ कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सोही अवधिमा दुई हजार ६३४ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १२ हजार ५८५ जनामा परीक्षण गरिएको छ । जसमा ७ हजार ५०३ जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ७१८ र ५ हजार ८२ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१६ जना गरी २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १५ जनाको कोरोनाका कारणा मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख १२ हजार ९९४ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३३० र आइसोलेसनमा २५ हजार ८२८ जना रहेका छन् ।
नेपालमा हालसम्म ६ लाख ४८ हजार ८५ जनामा संक्रमण पुष्टि भएकाे छ ।

प्रतिक्रिया