मोदीले गरे मन्त्रिपरिषद् पुनर्गठन, थपिए ३६ नयाँ मन्त्री
नेपालखोज
२०७८ असार २४ गते ७:२०

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै उनले ४३ जना मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।
बुधबार करिब डेढ घण्टा चलेको कार्यक्रममा ३६ जना नयाँ मन्त्रीहरू थपिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ मन्त्रीहरूमा सबैभन्दा बढी उत्तर प्रदेशका ७ जना छन् । ३ जना गुजरातका हुन् । यी दुवै राज्यमा अघिल्लो साल विधानसभाको चुनाव हुनेबाला छ । वर्तमान मन्त्रीहरूमध्ये ७ जना राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गरिएको छ ।
त्यसअघि १२ मन्त्रीलाई हटाइएको थियो । यो मन्त्रिमण्डल विस्तारपछि मोदीको टिममा ११ जना महिला मन्त्री भएका छन् । यससँगै भारतमा इतिहासमा पहिलो पटक सबैभन्दा ठूलो सरकार बनेको छ ।
सम्बन्धित
प्रतिक्रिया