चीनबाट थप १० लाख भेरोसेल खोप ल्याइँदै, नेपाल एयरलाइन्सको विमान आज जाँदै

नेपालखोज २०७८ असार २४ गते ७:३९

काठमाडौं । कोरोनाविरुद्धको खोप भेरोसेलको थप १० लाख डोज ल्याउन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत सो परिणामको खोप ल्याइने नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन् ।

सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन लागेको हो । चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि आज साँझ निगमको विमान चीन जान लागेको बताएका छन् । जहाजले भोलि खोप ल्याउने छ ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते फर्कनेछ । साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने बताइएको छ ।

चीनबाट ल्याइने सो खोपको पहिलो मात्रा (डोज) अर्को हप्तादेखि ५५ वर्षमाथिका नागरिकलाई दिने सरकारको तयारी छ ।

प्रतिक्रिया