कांग्रेस नेता थापाकाे प्रश्न- प्रधानमन्त्रीज्यू पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

काठमाडाैं । सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनालकाे सम्पूर्ण उपचार खर्च बेहाेर्ने घाेषणा गरेपछि त्यसका सम्बन्धमा समाजिक सन्जालमा तिब्र विराेध भएकाे छ ।
खनाल स्वयं ले उक्त रकम अस्वीकार गर्नुपर्ने देखि लिएर उनका ईन्जिनियर छाेरालाई सम्बोधन गरिएका स्टटस एकातिर लगातार पाेस्ट भइरहेकाे छ भने यसकाे सिधा विराेध गर्नेहरु पनि उत्तिकै छन् ।
यसैबीच शनिबार बिहान एक पाेस्ट गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ मन्त्री गगन थापाले सरकारले कनुनत : कसैकाे पनि विदेशमा गराएकाे उपचार खर्च बेहोर्न नमिल्ने कुरा बताएका छन् ।
पूर्व सासंद थापाले लेखेका छन् उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो ।
यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्यौं र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौं । तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन ।
कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने संशोधन प्रस्ताव राखेँ ।
यो संशोधन संसदले स्विकार्दै बनेको कानुन २०७५/६/२ गतेदेखि लागू भयो । कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन । अन्त्यमा युवा नेता थापाकाे प्रश्न छ – प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?
प्रतिक्रिया