मेलम्ची पुगेर प्रधानमन्त्री ओलीकाे घोषणा- बाढी पीडित प्रतिपरिवारलाई ५० हजार राहत
नेपालखोज
२०७८ असार २६ गते १२:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवारलाई ५० हजारका दरले राहत दिने घोषणा गरेका छन् ।
आज सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका ओलीले बाढी पीडित प्रतिपरिवार ५० हजारका दरले राहत दिने घोषणा गरेका हुन् ।
हेलम्बु गाउँपालिका स्थित गणेश बगरमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजारका दरले राहत दिने बताएका हुन् ।
उनले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि बताए छन् । प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने पनि बताए छन् ।
सम्बन्धित
प्रतिक्रिया