शुक्रबार, चैत १६, २०८०

‘प्रविधिमा नेपाल टेलिकम परिपक्व छ’

नेपालखोज २०७८ असार २७ गते १३:३०

‘पूर्वाधारमा नेपाल टेलिकमले छलाङ मारेको छ’

नेपाल टेलिकमलाई निजी क्षेत्रसँगको प्रतिस्पर्धा चुनौती बनेको छ ।

पूर्वाधार विकास, सेवा विस्तार, गुणस्तर सुधारका काममा टेलिकम लागिपरेको छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदमा अहिले डिल्ली अधिकारी कार्यरत छन् । उनी ०७५ पुसमा आन्तरिक तर्फबाट बढुवा हुँदै यो पदमा पुगेका हुन् । उनी १९ वर्षदेखि निरन्तर टेलिकमकै विभिन्न पद र भूमिकामा रहेर काम गर्दै आएका छन् । टेलिकममा उनलाई क्षमता र प्रभावशाली व्यक्तिका रूपमा हेरिन्छ । सातौं तहको इन्जिनियरका रूपमा टेलिकम प्रवेश गरेर अहिले प्रबन्ध निर्देशकजस्तो गरिमामय पदमा पुगेका अधिकारीले इलोक्ट्रोनिक्समा बीई र इन्फरमेसन एन्ड कम्युनिकेसनमा मास्टर्स गरेका छन् ।
चितवनको मेघौली, ६ (भरतपुर महानगरपालिका २७) मा जन्मेका उनी अहिले काठमाडौंको वनस्थलीमा बस्दै आएका छन् । टेलिकमको सेवा–सुविधा, गुणस्तर विस्तारलगायत विषयमा महाप्रबन्धक अधिकारीसँग नेपालखोजका लागि जगत भण्डारीले गरेको कुराकानी :

हाइलाइट्स :

– नेपाल टेलिकम मुख्य गरेर पूर्वाधार विकास, सेवा विस्तार, गुणस्तर सुधार काममा लागिपरेको छ ।
– सात आठ सय नयाँ ठाउँ हामीले टावर बनायौं ।
– फोर जी आयोजनाअन्तर्गतका ८५ प्रतिशत काम सकियो ।
– ७७ जिल्लाको ६८२ स्थानीय तहमा भन्दा बढीमा हामी पुगिसकेका छौं ।
– दुर्गम ठाउँमा सोलार पावरको भर पर्नुपर्ने हुन्छ । एक दिन घाम नलाग्दा ब्याट्री चार्ज हुन पाउँदैन र सेवा अवरुद्ध हुन्छ ।
– काठमाडौंमा सडक खन्दा फाइबरहरू काटिएका धेरै उदाहरणहरू छन् । यसले गर्दा कुनै निश्चित क्षेत्रमा सेवा अवरुद्ध हुन्छ ।
– हामीले सबै जनतालाई एक किसिमको सेवा दिन खोजिरहेका छौं । कर्णाली, पूर्वाञ्चल, काठमाडौं जता होस् हामीले कसैलाई भेदभाव गर्न पाउँदैनौं ।
– हामीले निजी क्षेत्रसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ । एचटीटीपीसी सर्भिस, मोबाइल सर्भिसमा ग्राहकको मन जित्नुपर्छ ।
– टेलिकम प्रविधिको कुरामा निकै परिवर्तनशील छ ।
– म आउनुभन्दा पहिले काठमाडौं र पोखरामा एकदम कम मात्रामा फोरजी नेटवर्क थियो । हामी आएपछि ७७ जिल्लाको ६८२ भन्दा बढी स्थानमा पुगेका छौं ।
– लकडाउनले गर्दा विकासको गतिमा केही अवरोध पक्कै भएको हो ।
– गुणस्तरमा पनि हामी निरन्तर अगाडि छौं । धेरै नै सुविधाहरू भएको छ । अहिले हाम्रा ग्राहक पनि बढेका छन् ।
– पूर्वाधारमा हामीले निकै छलाङ मारेका छौं ।
– सबै वित्तीय कारोबार मोबाइलमार्फत गर्नुपर्छ भनेर हामीले यसको तयारी गरिरहेका छौं ।
– दीर्घकालीन रूपमा बजारका नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहिने पूर्वाधारहरू, सेवाका विविधीकरणहरू, गुणस्तर र जनतालाई आकर्षक सेवा दिने कुरामा हामी अगाडि बढेका छौं ।
– विश्वमा सबैभन्दा सस्तो इन्टरनेट दिने मुलुकहरूमा नेपाल पनि पर्छ । मोबाइल डेटाको मूल्य पनि घट्दै छ ।
– सरकारबाट नेपाल टेलिकमलाई एकदमै सहयोग भएको छ ।
– नेपाल सरकारको ऐन–नियमले गर्दा झन्झटिलो त पक्कै छ । तर हामीले झन्झटिलोलाई पार गर्दै जाने हो ।

प्रतिक्रिया