भारतीय सेनालाई तालिबानको खतरा, विमानमार्फत सैनिक ओसारिँदै

काठमाडौं । अफगानिस्तानमा बिद्रोही तालीबानी सेनाबाट खतरा भएपछि भारत सरकारले खतरास्थलबाट केही सेनालाई फिर्ता बोलाएको छ । भारतीय पक्षले खतरा महसुस गरेपछि कान्दहार सहरबाट आफ्ना केही सैनिक अधिकारी र जवानलाई फिर्ता बोलाएको हो ।
अफगानिस्तानमा जारी संघर्षका बीच भारतीय सेनालाई असुरक्षित स्थलबाट फर्काउन थालिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानमा तालिबान लडाकुको आक्रमणको कारण सवैले असुरक्षित महसुस गरेसँगै भारत सरकार पनि अफगानिस्तानमा रहेका आफ्ना सेना एवं नागरिकको बिषयमा चिन्तित भएको जनाइएको छ ।
असुरक्षित महसुस गरेपछि भारतीय प्रशासनले रहेको आफ्नो बाणिज्य दूतावास अस्थायीरुपमा बन्द गर्ने निर्णय गरेको छ । तर, भारतीय सेनालाई अब्बल भएको देखाउन उक्त कुरा गलत भएको एक सैनिक अधिकारीले ट्वीटरमार्फत प्रष्ट पारेका छन् । भारतीय प्रशासनले केही सेना प्रमुख र जवानलाई एक सैनिक बिमानमार्फत फिर्ता ल्याइसकेको छ ।
अफगानिस्तानमा अहिले तालीबानी सेना आक्रमकरुपमा दक्षिणी शहर कान्दहारतर्फ गईरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । कान्दहार शहरमा सन् १९९० दशकमा तालिवानको मुख्य कार्यालय रहेको थियो । तालिवानी सेना कान्दहारसम्म पुगे अफगानी सेनासँग ठूलो युद्ध हुने आंकलन गरिएको छ ।
शुक्रबार मात्रै अफगानिस्तानमा भएका घटनामा परी कम्तीमा १ सय ९ तालिवान लडाकुहरु मारिएका थिए । देशको दक्षिणी कान्दहार र हेलमन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएका थिए । मृत्यु भएका मध्ये ७० जनाको कान्दहार प्रान्तमा मृत्यु भएको हो । अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ ।लगातारका ठूलाठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौको मृत्यु भएको छ भने सयौं घाइते भएका छन । लाखौं अफगानीहरु विस्थापित भएका छन् ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
प्रतिक्रिया