ओलीले बोलाए मंगलबार एमाले केन्द्रीय कमिटी बैठक
नेपालखोज
२०७८ असार २७ गते २१:१२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ओलीले असार २९ गते अर्थात मंगलबार बिहान ११ बजे बस्ने गरी केन्द्रीय समिटी बैठक बोलाएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
यसअघि १९ गते केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा ओलीले प्रतिनिधि सभा विघटनबारे सर्वोच्चबाट आदेश आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने बताएका थिए ।
सम्बन्धित
प्रतिक्रिया