बुधबार, जेठ १, २०८२

सुनचाँदीकै मूल्य घट्यो, आजकाे भाउ कति ?

नेपालखोज २०७८ असार २८ गते ११:११

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले घटेर ९१ हजार सात सय रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुन ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज पाँच रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया