आजै सरकारमा सहभागी नहुने जसपाको निर्णय

नेपालखोज २०७८ असार २९ गते १८:२५

काठमाडौं । जनता समाजवादी पार्टीले शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारमा आजै सहभागी नहुने निर्णय गरेको छ । पार्टी कार्यालय बल्खुमा भएको कार्यकारिणी समितिको बैठकले आजै मन्त्रीको नाम नपठाउने निर्णय गरेको हो।

जसपाले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने भएको छ । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा रहेकाले सरकारमा सहभागी भइ हाल्दा असर गर्छ कि गर्दैन भनेर कानुन व्यवसायीहरूसँग छलफल गरेपछि सरकारमा जानेरनजाने बारे निर्णय हुने नेता महेन्द्र राय यादवले बताए ।

कानुन व्यवसायीले सरकारमा जाँदा असर नपर्ने बताए एक दुई भित्रै सरकारमा सहभागी हुने उनको भनाइ छ । बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकमतम् भूमिका खेल्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया