उपप्रधान तथा अर्थमन्त्री पौडेलको बिदाई, साथ र सहयोगका लागि कर्मचारीलाई धन्यवाद

नेपालखोज २०७८ असार २९ गते १८:३४

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताए । पौडेलले आफूलाई जस्तै अब आउने मन्त्रीहरुलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया