बढ्यो सुनकाे मूल्य, आजकाे भाउ कति ?

नेपालखोज २०७८ असार ३० गते ११:०१

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तीन सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया