ललिता निवास जग्गा प्रकरण : विजय गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा
नेपालखोज
२०७८ असार ३० गते १९:२६

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएपछि गच्छदार रकम बुझाएर तारेखमा रिहा भएका हुन् ।
यसअघि फरार सूचीमा रहेका गच्छदार बुधबार बिहान आफैँ विशेष अदालतमा उपस्थित भएका थिए । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको हो । उनिसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया