‘पोर्टफोलियो’ टुंगिए मात्रै जसपा सरकारमा सहभागी हुने

काठमाडौं । जनता समाजबादी पार्टि (जसपा)ले सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाउन केही दिन लाग्ने जनाएको छ ।
जसपाको आधिकारिकता सम्बन्धी विवाद किनारा नलागुन्जेल जसपा सरकारमा नजाने मनस्थीतीमा नरहेको नेता महोम्मद इख्तियाक राईले जानकारी दिएका छन् ।
जसपाले २१ मन्त्रालयमा ७ मन्त्रालय र ३ राज्य मन्त्रीमा १ राज्य मन्त्री माग गरेको छ । राईका अनुसार करिब एक सातामा पार्टिको पोर्टफोलियो टुङ्गो लागेपछि जसपा सरकारमा सामेल हुनेछ ।
बाबुराम भट्टराई र उपेन्द्र यादव सरकारमा नजाने बरु उनीभन्दा तलका अन्य नेताहरुलाई मन्त्री बनाउने तयारी छ ।
राजपाको विवाद समाधान गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । ३ साउन ११ बजेदेखि इजलासमा सुनुवाई सुरु हुने जानकारी आयोगले दिएको छ ।
आयोगमा जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष दुवैले आफू आधिकारिक रहेको दाबी गरेका छन् । ५१ सदस्यीय जसपा केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा बहुमतमा छ ।

प्रतिक्रिया