बिहीबार, जेठ २, २०८२

प्राकृतिक विपत् : तीन महिनामा १३९ जनाको मृत्यु, ३६ बेपत्ता

नेपालखोज २०७८ असार ३१ गते १६:२४

काठमाडौं । गएको तीन महिनामा विपत्‌का घटनामा एक सय ३९ जनाले ज्यान गएका छन् । अन्य ३६ जना वेपत्ता भएका छन् भने तीन सय २३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार गएको वैशाख १ गतेदेखि बिहीबारसम्ममा १ हजार १ सय ७९ विपतका घटना भएका छन् । प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै चट्याङका कारण ३७ जनाको ज्यान गएको छ ।

त्यस्तै पहिरोमा २९ जनाको ज्यान गएको छ भने सातजना हराइरहेका छन् । बाढीमा २७ जनाको ज्यान गएको छ र २८ जना हराइरहेका छन् । अविरल वर्षाले आठ जनाको ज्यान लिएको छ ।

त्यस्तै, आगलागीमा परेर ११ जना, डढेलोमा तीन जना, जनावरको आक्रमणबाट १४ जना, सर्पले टोकेर नौ जना र हावाहुरीले एक जनाको ज्यान गएको छ ।

प्रतिक्रिया