भेरोसेल सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित
नेपालखोज
२०७८ साउन १ गते १६:५३

काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।
खोप सकिएपछि अहिले चलिरहेको खोप लगाउने कार्यक्रम स्थगित भएको काठमाडौंका स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
काठमाडौंमा असार २९ गतेदेखि साउन २ सम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएकोमा खोपको मौज्दात समाप्त भएपछि खोप कार्यक्रम स्थगन भएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया