शुक्रबार, वैशाख १४, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट – ११

नेपालखोज २०७८ साउन २ गते १२:१२

कवितालाई विविध ढंगबाट रंगमञ्चमा प्रस्तुत गरिने परिपाटी अन्यत्र जस्तै नेपालमा पनि हुँदै आएको छ। यसै क्रममा २०६६साल असार १५ गते काठमाडौंको गुरुकुलमा यस्तै एउटा कार्यक्रम भयो- ऋतुकालीन रागमा आधारित सरोजवादन र त्यसलाई पछ्याउँदै गरिएको कवितावाचन।

कार्यक्रमको नाम थियो- सरोदमा कवितावचन ! कालचक्र नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सरोदवादक रुपा न्यौपानेले कवितालाई सरोदवादनका माध्यमबाट उजागर गरिरहनुभएको थियो भने हामी एक दर्जन कविहरुले कवितावाचन गरेका थियौं ।

यो तस्बिर त्यही प्रस्तुतिको सम्झना हो । तस्बिरमा अगाडिपट्टि रुपा न्यौपाने बस्नुभएको छ भने उभिनेमा बायाँबाट क्रमश: राजेन्द्र पराजुली, विप्लव ढकाल, विष्णुविभु घिमिरे, अशेष मल्ल, दिनेश अधिकारी , श्यामल, राजेन्द्र शलभ, बुद्धिसागर, नारायण श्रेष्ठ, विमला तुम्खेवा, ठाकुर बेल्वासे र श्रवण मुकारुङ देखिएका छौं ।

प्रतिक्रिया