शुक्रबार, वैशाख २१, २०८१

तेलको भाउ !

अशेष मल्ल २०७८ कार्तिक २७ गते १८:०४

बिहान तेल किन्न गएको छोरो
बेलुकी रित्तो बोतल लिएर फर्केछ
बाबु साह्रै झोक्किँदा छोरोले भनेछ
क्यू बस्दा-बस्दा बल्ल पालो आएछ
पालो आउँदा तेलको भाउ नै बढिसकेछ ।

-(विराटनगरमा छँदा २०३२ सालमा लेखेको रहेछु । घरी-घरी तेलको भाउ बढेपछि सम्झिएँ)

प्रतिक्रिया