नखाने ?

१. दूधसँग : दही, नुन, मुला, कटहर, सलाद, शीतल चिनी, तित्री, खरबुजा, बेल, नरिवल, कागती, जमुना, अनार, अमला, सक्खर, करौदा, तिलौरा, गहत, सातु, कोदो, मुंग, मास, गहत तेल, माछाजस्ता खानेकुराको सेवन नगर्नुहोस् । यसैगरी दूधमा कुनै पनि परिकारसँग माछा, मासु अन्डा आदि खानु हुँदैन।
२. दहीसँग : चिया, कफी, दूध, पनीर, खीर, काँक्रा खरबुजा, मेवा ।
३. खीरसँग : रूख कटहर, भुइँकटहर, माछा-मासु, अमिलो फलफूल, सातु, मदिरा आदि ।
४. महसँग : समान मात्रामा घिउ, तेल, बोसो, अंगुर, कमलको बीउ, मुला, तातोपानी या दूध, सक्खर, वर्षाको पानी आदि पिउनु हुँदैन ।
५. चिसो पानीसँग : घिउ, तेल, तातो खानेकुरा, दूध, तरबुजा, अम्बक, मुंगफली आदि खानु वा पिउनु हुँदैन ।
६. जौको पीठोलाई अन्य अन्नसँग नमिलाई नखानुहोला । यसैगरी सातुलाई पनि पानी नराखी खानु हुँदैन ।
७. भोजनलगत्तै पानी पिउनु हुँदैन । दिउँसो भोजन गरेपछाडि मोही र राति भोजनपछि दूध लिनु लाभदायक हुन्छ ।
८. दिसापिसाब गरेपछि, खानाखानुभन्दा पहिले, रूघा-मर्की लागेको तथा मुखमा घाउ आएको अवस्थामा र पसिना आइरहेको अवस्थामा पानको सेवन गर्नु हुँदैन ।
९. बिहानको भोजनपश्चात छिटोछिटो हिँड्नु हुँदैन तर साँझको खाना खाएपश्चात बिस्तारै हिँड्न सकिन्छ । साथै खाना खानेबित्तिकै सुत्नु हुँदैन।
१०. तातो पानी वा तातो पदार्थका साथमा मह, कुल्फी, आइसक्रिम वा शीतल प्रकृतिका पदार्थहरूको सेवन गर्नु हुँदैन ।
११. खरबुजा वा तरबुजासँग लसुन, दही, दूध, मूला, पुदिना चिसो पानीजस्ता खानेकुरा नखाऔं ।
१२. भातमा अमिलो मिसाएर खानु हुँदैन । धेरै नुन हालेको खानेकुराहरू खाँदा पनि स्वास्थ्य चौपट हुन्छ ।
१३. मासको दाल र मुलाको साग वा सलाद खानु हुँदैन ।
१४. केरा र मोही एकसाथ नखानुहोला ।
१५. मह, दही, रक्सी र भलायोको साथमा गरम आहारको सेवन गर्नु हुँदैन ।
१६. खीर र खिचडी पनि एकैसाथ खानु हुँदैन ।
१७. खीरसँग सातु खानु वा खीर खाएको चार घण्टा नबित्दै पानीमा सातु घोलेर पिउनु हुँदैन ।
१८. काँचो केराको तरकारीसँग दही खाँदा तत्काल वा केही समयपछि उल्टी (बान्ता) हुन सक्छ ।
१९. पाकेको बडहरसँग दही, मासको दाल, घिउ, मह र सक्खर अत्यन्त हानिकारक हुन सक्छ ।
२०. सुँगुर, बङ्गुर र माछाजस्ता प्राणीहरूको मासुसँग मह, सक्खर, तिल, दूध, मुला, मास र अङ्कुरित अन्न खानु हुँदैन ।
२१. परेवाको मासु तेलमा पकाउनु हुँदैन । परेवाको मासु र प्याज एकै भोजनमा मिलाएर खानु हुँदैन ।
२२. मासको दालसँग सक्खर खानु हुँदैन ।
२३. तामा, पित्तल र काँसको भाँडोमा दूध, दही र घिउ राख्दा विषाक्तता उत्पन्न हुन्छ ।
२४. पाकेको रुख कटहर खाएको दश घण्टासम्म पान, सूर्ती तथा अन्य चुना वा खरानी मिसिएको खानेकुरा खाँदा तत्काल ज्यानै पनि जान सक्छ ।
२५. खाली पेटमा आँप नखाएको राम्रो ।
२६. बकुल्लाको मासुलाई सुँगुरको बोसोमा पकाएर खाँदा भोजनविरुद्ध हुन्छ ।
२७. सुँगुरको मासु र बयर एकसाथ खानु हुँदैन ।
२९. तीन महिना नपुगेको अन्न र एक वर्ष पुरानो अन्नलाई एकसाथ पकाएर खानु हुँदैन ।
३०. दूधलाई फलामको कराइमा तताउनु, काठ वा बाँसको भाडाकुँडामा राख्नु र स्टिलको भाडाँवर्तनमा प्रयोग गरौं ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया