देउवालाई कुनै हालतमा पनि समर्थन नगर्ने एमालेकाे निर्णय
नेपालखोज
२०७८ साउन ३ गते १४:००

काठमाडौं । नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुमाझ बोल्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताए ।
प्रवक्ता ज्ञवालीले एमालेले देउवा सरकारको विपक्षमा मतदान गर्ने पनि बताए । प्रवक्ता ज्ञवालीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको पक्षमा नरहेको पनि जिकिर गरे । प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिन लागेको विषयले विभिन्न प्रश्न जन्माएको पनि उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया