नेपाल पक्षका १५ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने, तटस्थ बस्ने
नेपालखोज
२०७८ साउन ३ गते २०:५२

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका १५ सांसदहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेका छन् । देउवालाई मत नदिने निर्णय गर्दै १५ सांसद् प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन्।
प्रधानमन्त्री देउवाले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावको पक्ष र विपक्ष कतै पनि मत नदिने निर्णय गर्दै नेपाल पक्षका सांसदहरु संसद भवन परिसरबाट बाहिरिएका हुन्।
नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल, सोमबहादुर पाण्डेलगायत सांसदहरु संसद भवनबाट बाहिरिएका हुन्।विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया