शुक्रबार, वैशाख १४, २०८१

गायिका इन्दिरा जोशीले मनाइन् जन्मदिन (फोटो फिचर)

नेपालखोज २०७८ साउन ४ गते २१:०८

काठमाडौं । चर्चित गायिका तथा मोडल इन्दिरा जोशीले आफ्नो जन्मदिन मनाएकी छन् । साउन ३ गते नवलपरासीमा जन्मिएकी इन्दिराले आफ्नो ३४औं जन्मदिन मनाएकी हुन् ।

इन्दिराले आज सामाजिक संजाल फेसबुकमा आफ्ना केही तस्बिरहरु सार्वजनिक गर्दै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएकी छन् ।

चलचित्र लुटमा आइटम गीत उध्रेको चोली गाएर चर्चामा आएकी इन्दिराले हालसम्म धेरै गीतहरुमा आफ्नो आवाज दिइसकेकी छन् । शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी उनी नेपाल आइडलमा जजको भूमिका पनि निभाएकी छन् ।

तस्बिर : सामाजिक संजाल

प्रतिक्रिया