सरकारमा पठाउनेको नाम टुंग्याउँदै माओवादी !
नेपालखोज
२०७८ साउन ६ गते ८:३८

काठमाडौं । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।
बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । बैठकमा सरकारमा जाने मन्त्रीहरुको बारेमा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को–को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन ।
यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया