एमाले नेता खनाललाई उपलब्ध गराएको उपचार खर्च गैरकानुनी

नेपालखोज २०७८ साउन १० गते १८:४७

काठमाडौं । विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैरकानुनी गरेको बताएको छ ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरीश भट्ट र वाग्गमती प्रदेश सञ्चार विभाग प्रमुख रन्जन कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैरकानुनी भएकोले त्यसलाई रोक्न निवेदन दर्ता गराएको छ ।

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा अनुसार– ’’प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन“ । पार्टीले आज बुझाएको ज्ञापन पत्रमा भनिएको छ,“ नेता खनाललाई नेपालको पूर्व प्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताकोरूपमा हामी उहाँलाई सम्मान गर्दछौँ र आवश्यक परे हामी नागरिक स्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तैयार छौँ, तर उहाँको लागि भनेर सरकारले गैरकानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौँ ।

ज्ञापन पत्रमा थप उल्लेख गरिएको छ, “यस घडीमा यो कार्यले नेता खनालको मान मर्दन गर्ने र यो कार्यले खनालको त्याग र समर्पणमै प्रश्न उठ्ने हुँदा सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौँ। साथै, यो गैरकानुनी काम नरोकिए हामी कानुन अनुसार अगाडी बढ्ने कुरा विनम्रताका साथ यहाँहरू समक्ष राख्छौँ ।” पार्टीले प्रधानमन्त्री कार्यालयमा सूचनाको हकको प्रयोग गरि निम्न सूचनाहरू समेत मागेको छ ।

प्रतिक्रिया