सरकार जाने कि पार्टी एकता गर्ने भन्नेबारे छलफल गर्दै एमालेको नेपाल समूह

नेपालखोज २०७८ साउन ११ गते १०:३५

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ ।

नयाँ बानेश्वरको बुद्धनगरमा आज दिउँसो बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टी एकताबारे छलफल हुने नेताहरुले जनाएका छन् ।

नेपाल पक्षीय स्थायी कमिटीको बैठक आइतबार साँझ पनि बसेको थियो । हिजोको बैठकमा बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल भएको थियो ।

नेपाल समूहमा पार्टी एकतामा लाग्ने वा नयाँ पार्टी बनाएर सरकारमा जाने भन्नेमा मतान्तर छ ।

आजको बैठकले यसबारे पनि प्रस्ट धारणा बनाउने पनि बताइएको छ ।

प्रतिक्रिया