बिहीबार, वैशाख १३, २०८१

रजनीकान्तको ‘दरबार’ले रिलिज अगावै कमायो १८० करोड

नेपालखोज २०७६ पुष २५ गते ७:४४

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार रजनी कान्त स्टारर फिल्म ‘दरबार’ले रिलिज अगावै १८० करोड भारु कमाएको छ । सो फिल्मले भारत लगायतका अन्य मुलुकमा थिएट्रिकल, म्युजिकल र टिभि डिजिटल राइट्स बिक्रि गरि १८० करोड भारुको कमाइ गरेको हो ।

२५० करोडको लागतमा निर्माण भएको यस फिल्मलाई एआर मुरुदासले निर्देशन गरेका हुन् । यसअघि उनले ‘गजनी’, ‘अकीरा’, ‘होलिडे’ लगायतका फिल्महरु निर्देशन गरेका थिए ।

‘दरबार’लाई तमिल, तेलेगु, मलायम र हिन्दी गरि चारवटा भाषामा रिलिज गरिदै छ । फिल्ममा राजनीकान्त पुलिस अफिसरको भूमिकामा प्रस्तुत भएका छन् । ‘दरबार’मा रजनीकान्तसँगै योगी बाबु, सुनिल सेट्टी, जतिन शर्मा, नवाब शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया