शुक्रबार, वैशाख १४, २०८१

मात्रै ‘अलिकति पिएको हो’

ओम प्रकाश शर्मा अभिन्न २०७८ साउन १६ गते ११:०८

बाध्यतामा रहर ढलेर अलिकति पिएको हो
सपनाको संसार जलेर अलिकति पिएको हो ।

म दु:ख्न रमाउने मान्छे, दुखेरै रमाएँ तर आज,
मनको बारीमै हुरी चलेर, अलिकति पिएको हो ।

जिन्दगीको रहरले पनि, कुनै दिन मर्न दिएन,
मृत्युले नि आँखा छलेर, अलिकति पिएको हो ।

के कुरा गर्छौ व्यर्थै, लास जलाएर तिमी अब,
यहाँ जिउँदै चिता बलेर, अलिकति पिएको हो ।

धेरै टाढाको लक्ष्य मेरो, थाकिसक्यो पाइलाहरु,
आज बाटो अलमल्लिएर अलिकति पिएको हो ।

प्रतिक्रिया