मनसुनी वायुको प्रभाव : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७८ साउन १८ गते ७:३८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशका अधिकांश भू-भागमा सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्लादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्तमी, गण्डकी र सुदूरपश्चिम प्रदेशका रहेको छ ।

महाशाखाका अनुसार आगमी चौबीस घण्टामा प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्नन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागहरुमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम छ । उक्त स्थानका नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगमी तीन दिनको मौसम पूर्वानुमान
२०७८ श्रावण १८ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण १९ गते (मंगलबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ श्रावण २० गते (बुधबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वाग्मती, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया