आइतबार, जेठ ५, २०८२

यूएईमा नेपालीलाई आजदेखि प्रवेश खुला

नेपालखोज २०७८ साउन २१ गते ७:१२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले बिहीबारदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएइमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, यूएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी यूएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टिनलगायत अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया