शुक्रबार, असार १३, २०८२

राष्ट्रसंघीय सुरक्षा परिषद्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा

नेपालखोज २०७८ साउन २३ गते १४:२५

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ । परिषदले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ ।

पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा सो आतंककारी हमला भएको थियो । त्यस आक्रमणमा परेर नौ जना चिनियाँ नागरिक र तीन जना पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।

गएको जुलाई १४ मा भएको सो आतंककारी हमला मानवताविरुद्धको अपराध भएको भन्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले त्यस हिंसात्मक हमलामा संलग्न भएका जो सुकैलाई भएपनि कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा जारी भएको विज्ञप्तिमा दोषीलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने मागगर्दै यस्ता हिंसात्मक कार्यले कसैको पनि माग पूरा नहुने बताइएको छ ।

विज्ञप्तिमा सो हमलामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्ति गरिएको छ र उनीहरुका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ । रासस

प्रतिक्रिया