एमाले स्थायी र केन्द्रीय कमिटी बैठक भोलि
नेपालखोज
२०७८ साउन २४ गते ७:००

काठमाडौं । नेकपा (एमाले) स्थायी र केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । बैठक भोलि (साउन २५ गते सोमबार) बिहान ११ बजे बस्नेछ । यस्तै केन्द्रीय कमिटी बैठक पनि सोमबार दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर आज (आइतबार) का लागि तोकिएको बैठक एक दिनपछि सारिएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया