‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८’ पारित

नेपालखोज २०७८ साउन २६ गते १३:४९
फाइल तस्बिर

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भन्दै बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयक उपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । विधेयकमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद कोमल वलीले आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नहरुको मन्त्री कार्कीले जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते बुधबार दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया