सरकारकाे दैनिक दुई लाखलाई खोप लगाउने योजना
नेपालखोज
२०७८ साउन २८ गते १४:०२

काठमाडौं । सरकारले दैनिक दुईलाख जनालाई खोप लगाउने योजना रहेको बताएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । उनले सबै नेपाली नागरिकलाई पूर्ण खोप उपलब्ध गराउन पाँच करोड ५० लाख आवश्यक पर्ने बताए ।
उनले किशोर किशोरीको लागि फाइजर र मोडर्नाको खोप ल्याउने तयारी भइरहेको पनि बताएका छन् । उनले अहिले दैनिक दुई लाख जनालाई खोप लगाउने योजना रहेको भन्दै असोज मसान्तसम्म एक करोड ८ लाख खोप आउने सुनिश्चित भएको बताए ।
सम्बन्धित

प्रतिक्रिया