सर्यो कांग्रेसको १४औं महाधिवेशन, अब मंसिर ९-१३ मा हुने
नेपालखोज
२०७८ साउन ३० गते १९:१०

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सरेको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हाे । यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।
सम्बन्धित

प्रतिक्रिया