एमाले नुवाकोटका जनवर्गीय संगठनको नेतृत्व हेरफेर (कसलाई के जिम्मेवारी सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी नुवाकोटले विभिन्न जनवर्गीय संगठन विस्तार गरेको छ । ती संगठनका नेतृत्व पनि हेरफेर गरिएका छन् ।
एमाले जिल्ला कमिटी नुवाकोटको हिजो (शनिबार) बसेको बैठकले २६ विभाग, १४ जनवर्गीय संगठन, १२ पालिकाको नेतृत्व, निर्वाचन र प्रदेश क्षेत्रको नेतृत्व हेरफेर गरेको छ । जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा विदुरमा बसेको बैठकमा वाग्मती प्रदेशका सह-इन्चार्ज काशिनाथ अधिकारी, वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य एवं वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेलगायतको सहभागिता थियो ।
बैठकले स्कुल विभाग प्रमुखमा बद्री मैनाली र उपप्रमुखमा रामेश्वर कुइँकेल, संगठन विभाग प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा शिवराम प्याकुरेललाई चयन गरेको छ । यसैगरी प्रचार तथा प्रकाशन विभाग प्रमुखमा माधवप्रसाद तिवारीलाई चयन गरेको छ भने आर्थिक विभाग प्रमुखमा राजेन्द्रप्रकाश पाण्डे तथा उपप्रमुखमा गोपालमान श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिक्रिया