आइतबार, जेठ ६, २०८१

शवलाई एक्लै किन छाडिँदैन ?

नेपालखोज २०७८ भदौ १ गते ६:५६

काठमाडौं । हिन्दु धर्म परम्पराअनुसार, परिवारमा कसैको मृत्युपश्चात् मृतकको अन्तिम संस्कार उसका सन्तान वा उसको परिवारको कुनै सदस्यबाट गरे उसले सदगति प्राप्त गर्दछ । यद्यपि कहिलेकाहिँ मृत्युलगत्तै अन्तिम संस्कार सम्पन्न गर्न सम्भव हुँदैन । यस्तो स्थितिमा अन्तिम संस्कार नहुन्जेल शवलाई त्यसै राखिन्छ । हिन्दु परम्पराअनुसार यसरी शव राख्नु परे शवलाई एक्लै छोडनु हुँदैन ।

गरुड पुराणअनुसार, मृत शरीरलाई एक्लो छाड्दा राति विभिन्न किसिमका समस्या सिर्जना हुन्छन् । राति अनेक किसिमका खराब आत्माहरु सक्रिय हुन्छन् । जब शव एक्लो हुन्छ तब उक्त मृत शरीरमा खराब आत्माहरु प्रवेश गर्छन् र परिवारका सदस्यहरुका लागि संकट सिर्जना गर्न सक्छन् ।

गरुड पुराणअनुसार, श्वास गएपछि मृतकको आत्मा त्यही शवको वरिपरि मडारिरहेको हुन्छ किनभने त्यो शरीरसँग आत्माको गहिरो लगाव हुन्छ । यही कारणले आत्मा पुनः उक्त शरीरमा प्रवेश गर्न चाहन्छ । यस क्रममा आत्माले त्यहाँ कुनै आफन्तलाई देखेन भने उसलाई ठूलो कष्ट हुन्छ । त्यसैले पनि शवलाई एक्लै नछाड्नु भनिएको हो ।

यदि शवलाई एक्लै छाडियो भने त्यसको वरिपरि कमिला वा अन्य कीरा-फट्याग्रांहरु मडारिन थाल्छन् । त्यसैले शवलाई एक्लै नछोडी त्यसको वरिपरि बसेर सुरक्षा पनि गरिन्छ । अक्सर तान्त्रिक क्रिया राति सम्पन्न गरिन्छ । त्यसले शवलाई राति एक्लै छाड्दा मृतात्मा लागि समस्या निम्त्याउन सक्छ ।

यदि शवलाई धेरै बेरसम्म त्यसै राखियो भने त्यसबाट गन्धसमेत आउँछ । यस्तोमा त्यहाँ झिँगा भन्किन थाल्छन् भने शवमा ब्याक्टेरियासमेत उत्पन्न हुन थाल्छ । यिनै कारणले शवको नजिक धुप आदि सुगन्धित वस्तु बालिन्छ । -प्रतीकात्मक तस्बिर

प्रतिक्रिया