सोमबार, वैशाख १५, २०८२

जनसंख्या, गरिबी, मृत्युदर र राज्यहरु !

नेपालखोज २०७८ भदौ २ गते १४:०१

काबुल । अफगानिस्तान दक्षिण एसियाको एउटा देश हो जहाँ अहिले चरमपन्थी मुस्लिमहरुको संगठन तालिबानले कब्जा जमाएको छ । अफगानिस्तानको नाम लिनेबित्तिकै अक्सर मानिसहरुलाई तालिबानको क्रूर आतंक, सरियत कानुन र महिलाहरुमाथिको जंगली र अमानवीय व्यवहार सम्झना आउँछ ।

अफगानिस्तानको सीमाना पाकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान र तजाकिस्तानग जोडिएको छ । अफगानिस्तानको केन्द्रीय तथ्यांक विभाग (सीएसओ) को २०११ को रिपोर्टअनुसार, अफगानिस्तानको कुल जनसंख्या करिब दुई करोड ६० लाख थियो । २०१७ मा त्यहाँको जनसंख्या २९ दशमलव २ मिलियन अर्थात् २ करोड ९२ लाख पुग्यो । यो जनसंख्यामध्ये १५ मिलियन (१ करोड ५० लाख पुरुष) छन् भने १४ दशमलव २ मिलियन (१ करोड ४२ लाख) महिला छन् । करिब ३ मिलियन अर्थात ३० लाख अफगान नागरिक शरणार्थीका रुपमा पाकिस्तान र इरानमा बसोबास गर्छन् ।

अफगानिस्तानको ९९ प्रतिशत जनसंख्या मुस्लिम छ भने बाँकी १ प्रतिशत हिन्दु, यहुदी तथा क्रिस्चियन छन् । एक जानकरीअनुसार अफगानिस्तानमा हिन्दु धर्म अनुसरण गर्ने मानिस एक हजारको हाराहारीमा मात्र छन् ।

यहाँको २२ प्रतिशत जनसंख्या सहरमा बस्छ । बाँकी ७८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा कठिन जीवन बाँचिरहेको छ । सन् २०५० सम्म यो देशको जनसंख्या ८२ मिलियन अर्थात् ८ करोड २० लाख पुग्ने अनुमान छ । अफगानिस्तानको मातृ मृत्युदर ३९६ मृत्यु र एक लाख जीवित जन्म छ । शिशु मृत्युदर प्रति एक हजार जन्ममा ५३ दशमलव २ छ ।

अफगानिस्तानमा गरिबी
अफगानिस्तान गरिब देश हो । यहाँ अशिक्षा, भ्रष्टाचार, गरिबी र हिंसा निकै ठूलो समस्याका रुपमा विद्यमान छ । एक रिपोर्टअनुसार सन् २००७ मा यहाँ गरिबीको स्तर ३४ प्रतिशत थियो । २०१७ मा त्यो ५४ दशमलव ४ प्रतिशत पुग्यो । अनुमानअनुसार ६-१४ वर्ष उमेर समूहको हर चार अफगानी बालकमध्ये एक बालक आफ्नो परिवारको आर्थिक मद्दका लागि मजदुरी गर्न बाध्य छ । यहाँ बालबालिकाहरु थुप्रै किसिमका जोखिमपूर्ण काममा लगाइएका पाइन्छन् ।

अफगानिस्तानका राज्यहरु
अफगानिस्तानमा २९ वटा राज्य छन् । काबुल यो देशको राजधानीका साथै एउटा राज्य पनि हो । अफगानी राज्यका नाम यस प्रकार छन : बदख्शां, बाद्घिस, बागलन, बल्ख, बामयान, फराह, फरयाब, गजनी, घोर, हिलमान्ड, हेरात, जवजन, काबुल, कन्दहार, कपिसा, कुँअर, कुन्दोज, लघमन, लोगर, नांगरहार, निम्रोज, पक्तिका, पक्तया, परवान, समांगन, ताखर, उरूज़गन, वरदक र काबुल । अफगानिस्तानका १२ प्रमुख सहर यस प्रकार छन : काबुल, कन्दहार, हेरात, मजार ए सरिफ, कुन्दोज, तालोकां, पुली खुमरी, जलालाबाद, चरीकार, शेबेरघन, गजनी तथा सरेपोल ।

अफगानिस्तानका मुख्य दुई आधिकारिक भाषा दारी र पश्तो हुन् । दारी भाषा यहाँका ७७ प्रतिशत मानिसले बोल्ने भाषा हो । यहाँ अंग्रेजी भाषाको प्रयोग निकै कम हुन्छ । अफगानिस्तानको मुद्राको नाम अफगानी हो भने यहाँका मानिसलाई अफगान भन्ने चलन छ नेपालका मानिसलाई नेपाली भने जस्तै ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया