मिडिया सोसाइटीका पूर्वअध्यक्ष शेरचनको निधन
नेपालखोज
२०७८ भदौ ३ गते ९:०१

काठमाडौं । नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष तथा संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधन भएको छ ।
कोरोना संक्रमणका कारण उनको ६७ वर्षको उमेरमा बुधबार साँझ नेपाल एपीएफ अस्पतालमा निधन भएको हो । शेरचन राजधानी न्युज पब्लिकेशनका अध्यक्षसमेत हुन् ।
हाल मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका शेरचन विज्ञापन बोर्डका सदस्यसमेत हुन् । उनी वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् । शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
सम्बन्धित

प्रतिक्रिया