चौबीस घण्टामा ३ हजार ७५ संक्रमित थपिए, ३३ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ ३ गते १७:०७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार १२६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणबाट २ हजार ३२१ र ४ हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जना गरी जम्मा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ ।

प्रतिक्रिया