आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई पनि कोरोनाविरुद्धको खोप (केन्द्रको सूचीसहित)
नेपालखोज
२०७८ भदौ ४ गते ७:३६

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) देखि कक्षा ११ र १२ का विद्यार्थीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन पाउने भएका छन् ।
स्वास्थ्य कार्यालयले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने जनाएको छ । स्वास्थ्य सेवा विभागको हिजो (बिहीबार) को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा आज शुक्रबारदेखि ३ दिन विद्यार्थीलाई लगाउन सुरु गरिएको हो ।
साथै आजैदेखि काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइँदै छ ।
खोप काठमाडौं महानगरपालिकाभित्र रहेका ३२ वटै वडा र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट ३ दिन खोप लगाउन पाइन्छ । अन्य केन्द्रहरुको सूची निम्न छन्-

सम्बन्धित

प्रतिक्रिया