निर्वाचन आयोगले नेपाल र ठाकुरको पार्टीलाई सनाखतका लागि बोलायो
नेपालखोज
२०७८ भदौ ४ गते १६:४६

काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो ।
सम्बन्धित

प्रतिक्रिया