बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सुविधा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले प्रविधिको उच्चतम् प्रयोग गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा तथा सुविधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसीयूक्त अर्थात ट्याप सुविधा भएको प्रेस मेसिनहरुमा प्रयोग गरी ग्राहकहरुले भुक्तानी गर्न सकिने सुविधामा आधारित सुविधा ल्याएको हो ।
यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सीमित दुरिबाट पस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहक महानुुभावहरुले ब्यक्तिगत दुरी कायम गर्न सहज हुनेछ ।
हाललाई यस प्रबिधि मार्फत ग्राहक महानुभावहरुले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नुहुनेछ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
साथै, आफ्नो ग्राहकहरुलाई प्रविधिमैत्री सेवा तथा सुविधा उपलब्ध गराउने क्रममा बैंकले नयाँ/नयाँ प्रविधिको प्रयोग गरी एप तथा वेवबाट प्रयोग गर्न सकिने मोबाईल बैंकिङ्ग, संस्थागत ग्राहकहरुलाई लक्षित गरी इन्टरनेट बैंकिङ्ग, १०० भन्दा बढि स्थानहरुमा छुटको ब्यवस्था सहितको डेबिट तथा क्रेडिट कार्ड, अन्र्तराष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु जस्तै फ्रि फायर, प्राईम भिडियो, वालमार्ट, नेट फिल्क्स, पबजी, अमेजन, अलिबाबा, गुगल प्ले स्टोर, फेसबुक आई क्लाउड, गुगल मार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने ई कम प्रिपेड कार्ड तथा अन्य ग्राहकमुखी सेवा तथा सुबिधाहरु मार्फत बैंकिङ्गको परिस्कृत अनुभव ग्राहकहरुबिच ल्याइरहेको छ ।
प्रतिक्रिया