सोमबार, वैशाख १५, २०८२

तालिबानको जितमा पाकिस्तान खुसी !

चीनले त तालिबानसँग मित्रताको हात सदैव रहेको जनाएको छ । अब अफगानिस्तान पनि चीनको क्रिडास्थल बन्ने पक्का छ ।

नेपालखोज २०७८ भदौ ४ गते २१:२०

इस्लामाबाद । तालिबानले अफगानिस्तानमा सशस्त्र युद्ध गरेर सत्ता कब्जा गरेपछि उसको पक्ष र विपक्षी राष्ट्रहरूको सम्बन्ध अहिले अन्तर्राष्ट्रिय बहसको विषय बनेको छ । अधिकांश युरोपियन, दक्षिण एसियाली, अफ्रिकन र अमेरिकी मुलुकहरू तालिबानको विपक्षमा देखिएका छन् । यस्तै मुस्लिम राष्ट्रहरूमध्ये केही तालिबानले गरेको सत्ता कब्जाप्रति धेरै खुसी भएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि धेरै खुसी हुने मुस्लिम राष्ट्रमा पाकिस्तान देखिएको छ ।

पाकिस्तान बढी खुसी हुनुको कारण यो हो कि उसले आगामी दिनमा अफगानिस्तानलाई उसले औंलामा राखेर नचाउन सक्नेछ । पाकिस्तानले युद्धकालदेखि नै नजिक भएर तालिबानलाई आर्थिक तथा हतियार सहयोग गरेको बताइन्छ । तालिबान नेतृत्वको सरकारले पाकिस्तानले जे चाहान्छ त्यो गर्नेछ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काबुलमाथि तालिबानले गरेको कब्जाका कारण दासप्रथाको साङ्लो तोडिएको टिप्पणी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले त पाकिस्तानले अब तालिबानलाई भारतबिरुद्ध प्रयोग गर्न कोसिस गर्ने दाबी नै गरेका छन् ।

यता तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तान खुसी छ भने भारत सशंकित । अफगानिस्तानस्थित हिन्दुस्तान विकास परियोजनामा पाकिस्तानले बाधा उत्पन्न गर्नसक्ने भारतको आशंका छ । तालिबानको मद्दतबाट विद्रोही समूह टीटीपीलाई आफ्नो नियन्त्रणमा राख्न मद्दत पुग्ने विश्वास पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई विश्लेषण गरिएको छ । अर्कातिर तालिबानको समर्थक देशमध्ये चीन पनि छ । चीन र पाकिस्तानबीचको सम्बन्ध मैत्रीपूर्ण छ ।

तर, दुवै देशले छिमेकी भारतलाई भने दुष्मन राष्ट्रका रुपमा लिने गरेका छन् । चीनले त तालिबानसँग मित्रताको हात सदैव रहेको बताइसकेको छ । अब अफगानिस्तान पनि चीनको लागि खुला मैदान हुने भएको छ । पाकिस्तान र तालिबानबीच सहज किसिमको मैत्रीपूर्ण सम्बन्ध भएका बेला भारतका लागि भने तालिबान चुनौती भएको अन्तर्राष्ट्रिय विज्ञहरू दाबी गरेका छन् ।

प्रतिक्रिया