राष्ट्रिय वाणिज्य बैंकको उठ्न बाँकी ब्याज ३३ अर्ब नाघ्यो

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेको कर्जामा झण्डै एक दर्जन कैफियत भेटिएको छ ।
महालेखा परिक्षकको ५८ औं बार्षिक प्रतिवेदन अनुसार वाणिज्य बैंकले अन्य बैंक तथा बित्तीय संस्थाहरुलाई चार अर्ब ४५ करोड ६७ लाख र सर्वसाधारणलाई एक खर्ब ५० अर्ब ७९ करोड ७८ लाख रुपैयाँ कर्जा दिएको पाइएको छ ।
बैंकले यति ठुुलो परिमाणमा कर्जा प्रवाह गरेको भएपनि कर्जा प्रवाह गर्दा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकिदिएको ऐन नियमको ठाडोरुपमा उल्लंघन गरेको देखिएको छ । प्रतिवेदन अनुसार वाणिज्य बैंकले कमसल धितो लिएर अर्बो रुपैयाँ कर्जा प्रवाह भेटिएको हो ।
सहकारी संस्थाहरुसंग सम्वन्धीत बिवाद रहेको, ति बिवाद सम्वन्धी मुद्धाहरु अदालतमा बिचाराधिन रहेको, ऋण असुली न्यायधीकरणबाट भएको निर्णय कार्यान्वयन नभएको आदि बिवादित र कमसल धितो लिएर अर्बो रुपैयाँ कर्जा प्रवाह गरेको महालेखाको ५८ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार राष्ट्रिय वाणिज्य बैंकले कमसल धितो लिएर बिभिन्न १७ वटा संस्थाहरुलाई दुई अर्ब ४४ करोड ६६ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । बिभिन्न समयमा प्रवाह गरिएको यस्ता कर्जाबाट अहिलेसम्म ३३ अर्ब पाँच करोड १९ लाख रुपैयाँ व्याज उठ्न बाँकी देखिएको छ ।
प्रतिक्रिया