प्रधानमन्त्री देउवा र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता
नेपालखोज
२०७८ भदौ ६ गते २१:१६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेबीच भेटवार्ता भएको छ ।
आइतबार अपरान्ह काठमाडौं आएका चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिएका चौथाइवाले कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिएको बुझिएको छ ।
उनले देउवालाई प्रधानमन्त्री बनेकोमा बधाई समेत दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो । चौथाइवाले प्रधानमन्त्रीसँग भेट गरेको जानकारी दिँदै ट्वीट समेत गरेका छन् ।

सम्बन्धित

प्रतिक्रिया